Nehemiah 5:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मभन्दा अघिका सबै बडा-हाकिमहरू प्रजामाथि बोझ बन्थे र खान-पानको निम्ति दिनको चालीस वटा चाँदीका मुद्रा लिन्थे। उनका चाकरहरूले पनि प्रजालाई सताउँथे। तर मैले भिन्नै प्रकारले काम गरें किनभने म परमेश्वरलाई आदर गर्थें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मभन्दा अघिका राज्यपालहरूले रोटी र दाखमद्यबाहेक चाँदीका चालीस सिक्का कर तोकेर मानिसहरूलाई ठूलो भारले थिचेका थिए। उनीहरूका सहायकहरूले पनि यसरी नै अत्याचार गरेका थिए। तर परमेश्वरको भय राखेर मैले त्यस्तो व्यवहार गरिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मभन्दा पहिलेका राज्यपालहरूले मानिसहरूमाथि ठूलो बोझ लगाएका थिए। अनि भोजन र दाखमद्यको साथमा तिनीहरूबाट चार सय शेकेल चाँदी लिए। तिनीहरूका सहायकहरूले पनि मानिसहरूमाथि अधिकार जमाए। तर परमेश्वरप्रतिको डरको कारणले गर्दा मैले त्यसो गरिनँ।
Nepali ERV (पवित्र बाइबल)
पहिलेका राज्यपाल जो मेरो अघि थिए, मानिसहरू माथि गह्रौ बोझ लदाएको थिए। अनि आधा किलोग्राम चाँदीसित तिनीहरूबाट खाद्य अनि दाखरस पनि लिएका थिए। तिनीहरूका सेवकहरू अघिका मानिसहरू माथि कठोर शासन गरेका थिए। तर मैले यस्ता कुराहरू गरिन किन भने म परमेश्वरसित डराउँथे।