Nehemiah 5:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दिनहुँ खानलाई एउटा गोरु, छ वटा असल मोटा भेडाहरू र असङ्‍ख्य कुखुराहरू जुटाइन्‍थे। दश-दश दिनमा ताजा मद्य बटुलिन्‍थ्‍यो। तर म जान्‍दथें कि प्रजाहरूले कत्रो भार बोक्‍नुपर्थ्‍यो। त्‍यसैले बडा-हाकिमले पाउने भत्ता मैले लिइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रतिदिन खानलाई मेरो निम्‍ति जुटाउनुपर्ने एउटा गोरु, छ वटा मोटा-मोटा भेड़ा, र कुखुराहरूलाई पनि तयार गरिन्‍थ्‍यो। दश-दश दिनपछि विभिन्‍न प्रकारका दाखमद्य प्रशस्‍त मात्रामा जुटाइन्‍थ्‍यो। यति भए तापनि मैले राज्‍यपालले पाउनुपर्ने भोजनको माग गरिनँ, किनभने मानिसहरूमाथि ठूलो भार परेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येक दिन मेरा निम्ति एउटा गोरु, छ वटा असल भेडाहरू र केही कुखुराहरू तयार गरिन्थे। प्रत्येक दश दिनमा सबै प्रकारका दाखमद्यहरू प्रशस्त मात्रामा जुटाइन्थ्यो। यी सबै कुरा हुँदा पनि मैले राज्यपालका निम्ति तोकिएको भोजन कहिल्यै मागिनँ; किनकि यी मानिसहरूमा ठूलो भार परेको थियो।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक दिन एउटा गोरू छःवटा चुनिएका भेंडाहरू अनि केही पंक्षिहरू मेरो खर्चमा तयार गरिन्थ्यो। अनि प्रत्येक दश दिनमा धेरै मात्रमा सबै किसिमका दाखरसको प्रबन्ध गरिन्थ्यो, तर यी सबै भएता पनि मैले प्रशासकको खाद्य खोजिन किनकि यी मानिसहरूमाथी कामको भारै भार थियो।