Nehemiah 5:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र भनें, “सकभर विदेशीका हातमा बेचिएका हाम्रा यहूदी भाइ-बन्धुहरूलाई हामीले किनेर छुटाउँदै छौं। तर अब तिमीहरूले चाहिँ आफ्नै भाइ-बहिनीहरूलाई किनबेच गर्न सुरु गरेछौ। एउटा यहूदी अर्को यहूदीको हातमा बेचिँदै छ। यो कस्तो कुरा हो?” अगुवाहरू जवाफ नपाएर चुप रहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले यस विषयमा एउटा ठूलो सभा बोलाएँ अनि भनें, “हामीले सकभर अरू जातिहरूमा बेचिएका हाम्रा यहूदी बन्धुहरूलाई किनेर छुटकारा गराएका छौं। अब दाम तिरेर छुटकारा दिएका आफ्ना भाइहरूलाई तिमीहरू हामीलाई बेचिरहेका छौ।” तिनीहरू चूप रहे, किनकि तिनीहरूसित भन्ने कुरा केही थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले तिनीहरूलाई भनेँ: “सम्भव भएसम्म हामीले अरू जातिहरूकहाँ बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरेर छुटाएका छौँ। अब तिमीहरूले के आफ्ना दाजुभाइहरूलाई बेच्छौ त? वा तिनीहरू फेरि हामीहरूकहाँ नै बिक्री गरिऊन् त?” तब तिनीहरू चुपचाप बसे; किनकि तिनीहरूसँग जवाफ दिनको लागि केही थिएन।
Nepali ERV (पवित्र बाइबल)
मैले तिनीहरूलाई भनें, ‘हामीले सकेसम्म हाम्रा यहूदी दाज्यू-भाइहरू जो अन्य जातिहरूकहाँ दास झैं बेचिएका थिए फर्काएर ल्याका छौं। तर अहिले तिमीहरूले तिमीहरूका दाज्यू-भाइहरूलाई दासहरू जस्तै बेचिएका छौं। फेरि स्वतन्त्र बनाउन तिनीहरूलाई हामीले किन्नु पर्छ। तिनीहरूले जावाफ दिन एउटा शब्द पनि पाएनन्।