Nehemiah 5:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले फेरि भनें, “तिमीहरूको यो काम गल्ती भयो। अब, परमेश्वरलाई आदर दिएर जे कुरा ठीक छ सो गर। तब पो हाम्रा शत्रुहरूले हामीलाई खिसी गर्ने केही कुरा पाउनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले अझै भनें, “तिमीहरू जे गरिरहेका छौ सो ठीक छैन। हाम्रा अन्यजाति शत्रुहरूको नजरमा निन्दित नहुनलाई हाम्रा परमेश्वरको डर राखेर तिमीहरूलाई बस्नुपर्नेथिएन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले भन्दै गएँ, “तिमीहरूले जे गरिरहेका छौ, सो ठिक छैन। हाम्रा गैरयहूदी शत्रुहरूको निन्दाबाट बच्नको लागि के तिमीहरू परमेश्वरको डर मानेर चल्नुपर्ने थिएन र?
Nepali ERV (पवित्र बाइबल)
तब मैले भनें, “तिमीहरूले जे गरिरहेछौ। त्यो राम्रो छैन। तिनीहरू हाम्रा शत्रु राष्ट्रहरूको नजरबाट बाँच्नका निम्ती हाम्रा परमेश्वरप्रति सम्मानपूर्वक बाँच्नु पर्छ।