Nehemiah 6:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सन्बलत, तोबिया, गेशेम र हाम्रा अरू शत्रुहरूका कानमा हामीले पर्खाल बनाइसकेका र सबै फाँकाहरू बन्द गरिसकेको खबर पुग्यो। हामीले अझै मूल-ढोकाहरूमा खापाचाहिँ लगाईसकेका थिएनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले पर्खालको पुनर्निर्माण गरिसकेको र त्यसमा एउटै पनि प्वाल नरहेको खबर सन्बलत, तोबिया, र अरबी गेशेम र हाम्रा अरू बाँकी शत्रुहरूका कानमा पुग्यो। केवल मैले मूल ढोकाहरूका खापाहरूचाहिँ उभ्याइसकेको थिइनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सन्बलत, तोबियाह, अरबी गेशेम र हाम्रा अरू शत्रुहरूकहाँ मैले पर्खालको पुनर्निर्माण गरिसकेको र त्यसमा एउटै दरार पनि नभएको खबर पुग्यो—यद्यपि त्यस बेलासम्म मैले मूलढोकाहरूमा ढोकाहरू लगाएको थिइनँ।
Nepali ERV (पवित्र बाइबल)
जब यी कुरा सम्बलत, तोबियाह, अरबी गेशेम अनि हाम्रा अन्य शत्रुहरूलाई भनियो कि मैले पर्खाल पुनःर्निर्माण गरे। अनि त्यहाँ कुनै खाली छाडिएन यद्यपि त्यससमय मैले ढोका फाटकहरूमा ढोकाहरू लगाएको थिएन।