Nehemiah 6:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति बेलातिर म दलायाहको छोरा शमायाहलाई भेट्‍न गएँ। ऊ महेतबेलको नाति थियो र घरदेखि निस्‍कन सक्‍दैनथ्‍यो। उसले मलाई भन्‍यो, “हामी दुई गएर मन्‍दिरको पवित्रस्‍थानमा लुक्‍नुपर्नेछ, कारण तिमीलाई मार्न तिनीहरू आउँदै छन्। कुनै पनि रात तिमीलाई मार्न तिनीहरू आइपुग्‍नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक दिन म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ। तिनी आफ्‍नो घरभित्रै बन्‍द गरिएका थिए। तिनले भने, “हामी परमेश्‍वरको भवनभित्र, उहाँको मन्‍दिरभित्र ढोकाहरू थुनेर भेट गरौं। किनभने उनीहरू तपाईंलाई मार्न आउँदैछन्‌— उनीहरू तपाईंलाई मार्न राती आउनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक दिन म महेतबेलका नाति, दलायाहका छोरा शमायाहकहाँ गएँ, जो आफ्नो घरभित्रै बस्थे। तिनले भने, “हामी परमेश्‍वरको भवनमा भेटौँ, मन्दिरभित्र भेटेर मन्दिरको ढोका बन्द गरौँ; किनकि तपाईंलाई मार्न मानिसहरू राति आउँदैछन्।”
Nepali ERV (पवित्र बाइबल)
एकदिन म शमायाह दलायाहका छोरा मेहेतबेलका नातिको घरमा गएँ। अनि तिनी आफ्ना घर छाड्न समर्थन थिएनन्। तिनले भने, “हामी परमेश्वरको मन्दिर भित्र भेट गरौं हामी मन्दिरको ढोकाहरू बन्द गरौं, किनभने तिनीहरू तिमीलाई मार्न राती आउँदैछन्।”