Nehemiah 6:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले उत्तर दिएर भनें, “म भाग्ने र लुक्ने खालको मानिस होइनँ। के म मन्दिरमा लुकेर आफ्नो प्राण बचाउनेछु भनी तिमी ठान्छौ? म कहिल्यै त्यसो गर्दिनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मैले भनें, “के मजस्तो मानिस भाग्नु र? के मजस्तो मानिस बाँच्नलाई मन्दिरमा जानु र? म जान्नँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मैले भनेँ, “के मजस्तो मानिस भाग्छ र? अथवा के मजस्तो मानिस आफ्नो प्राण जोगाउन मन्दिरभित्र जान्छ र? अहँ, म भित्र जानेछैनँ!”
Nepali ERV (पवित्र बाइबल)
तर मैले भने, “के म जस्तो मानिस भाग्नु? तिमीलाई त्यो थाहा छ म जस्तो एउटा साधारण मानिस मृत्युमा नलगिए सम्म मन्दिर भित्र जान सक्दैन। म जाने छैन्।”