Nehemiah 6:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मैले यो कुरामा विचार गरें। मैले बुझें कि परमेश्‍वर शमायाहसँग बोल्‍नुभएको थिएन तर तोबिया र सन्‍बलतले घुस दिएर उसलाई त्‍यसो भन्‍न लगाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई यस्‍तो प्रकाश भयो, कि परमेश्‍वरले तिनलाई पठाउनुभएको होइन रहेछ, तर मेरो हानि गर्न तिनले अगमवाणी कहेका रहेछन्‌। सन्‍बलत र तोबियाले तिनलाई यो कुरा भन्‍न भाड़ामा लिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनलाई परमेश्‍वरले पठाउनुभएको होइन, तर तोबियाह र सन्बलतले तिनलाई भाडामा लिएका कारण तिनले मेरो विरुद्धमा अगमवाणी गरेको हो भन्‍ने कुरा मैले थाहा गरेँ।
Nepali ERV (पवित्र बाइबल)
मैले बुझें कि परमेश्वरले तिनलाई यहाँ पठाउनु भएको होइन तर तिनले यो अगमवाणी मेरो विरूद्ध भनेका हुन् किन भने सम्बलत अनि तोबियाहले उसलाई घूस दिएका रहेछन्।