Nehemiah 6:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई तर्साएर पाप गराउन शमायाहले घुस लिएको थियो। त्‍यसरी मेरो बदनाम गरेर तिनीहरू मेरो बेइज्‍जत भएको हेर्न चाहन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो बदनाम गरेर अपमान गर्न मलाई धम्‍की दिएर उनीहरूको कुरामा सहमत भई पाप गर्न लाउनलाई तिनले रकम लिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनलाई घूसको रकम दिएर मलाई डर देखाउन खटाइएको थियो, ताकि मैले त्यसो गरेर पाप गरूँ; अनि मेरो नाम खराब गराएर तिनीहरूले मेरो बदनाम गर्न सकून्।
Nepali ERV (पवित्र बाइबल)
उसलाई यसकारण घूस थिइरहेकोछ कि म भयभीत होस् अनि उसले दिएको सुझाव अनुसार काम गरोस् र पाप गरोस्। तब मलाई अपमान गर्नका निम्ति तिनीहरूसित मेरो नराम्रो नाउँ हुनेछ।