Nehemiah 6:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
छिमेकी देशमा हाम्रा शत्रुहरूले यो कुरा सुने। तिनीहरूले बुझे कि परमेश्वरको मद्दतले यो काम पूरा भएको थियो र तिनीहरूलाई लाज भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब हाम्रा सबै शत्रुहरूले यो कुरा सुने, तब वरिपरिका सबै जातिहरू डराएर हतोत्साहित भए, किनकि यो काम परमेश्वरको सहायताद्वारा पूरा भएको हो भनी उनीहरूले चाल पाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सारा शत्रुहरूले यो कुरा सुने, तब वरिपरिका सबै जातिहरू डराए र हतोत्साहित भए। किनकि यो काम हाम्रा परमेश्वरको सहायताले गरिएको थियो भन्ने कुरा तिनीहरूले थाहा गरे।
Nepali ERV (पवित्र बाइबल)
जब हाम्रा सबै शत्रुहरूले सुने अनि हाम्रा वरिपरिका सबै राष्ट्रहरूले देखे तिनीहरूले आफ्ना आत्मा विश्वास गुमाए। यो कार्य हाम्रा परमेश्वरले गर्नु भएको हो भनी तिनीहरूले बुझें।