Nehemiah 6:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तोबियाको ससुरा आराको छोरा शकन्‍याह यहूदी थियो। त्‍यसकारण यरूशलेममा धेरै जना तोबियापट्टि लागेका थिए। त्‍योबाहेक उसको छोरा यहोहानानले मशुल्‍लामकी छोरीसित विवाह गरेका थियो। मशुल्‍लाम बेरेक्‍याहको छोरा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यहूदाका धेरै जनाले उनीसित गठ बाँधेका थिए, किनकि उनी आराका छोरा शकन्‍याहका जुवाइँ थिए। उनका छोरा येहोहानानले चाहिँ बेरेक्‍याहका छोरा मशुल्‍लामकी एउटी छोरीलाई विवाह गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तोबिया अराहका छोरा शकन्याहका जुवाइँ भएका कारण र तिनका छोरा येहोहानानले बेरेक्याहका छोरा मशुल्‍लामकी छोरीलाई विवाह गरेका कारण यहूदाका धेरै जना तिनीसँग सम्बन्धको करारमा बाँधिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
किनकि यहूदामा धेरैजनाले तिनीप्रति स्वामिभक्त हुने प्रतिज्ञा गरेका थिए। किन भने तिनी आरहका छोरा शकन्याहका जुवाइँ थिए, अनि तिनका छोरा यहोहानानले, बेरेक्याहका छोरा मशुल्लमकी छोरीलाई विवाह गरेका थिए।