Nehemiah 6:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू मेरो सामु आएर तोबियाले गरेका असल कामहरूका बारेमा भन्थे र मैले भनेका सबै कुराहरू उसकहाँ पुर्याउँथे अनि उसले मलाई धम्की दिएर चिठ्ठी पठाइरहन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सधैँ मेरो सामु तोबियाको प्रशंसा गर्थे, र मैले भनेको कुरा गएर उनलाई सुनाउँथे। अनि तोबियाले मलाई धम्की दिएर पत्रहरू पठाउँथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक तिनीहरूले मलाई तिनका असल कामहरूबारे सुनाउँथे। अनि मैले भनेका सबै कुरा उनलाई बताइरहन्थेँ। अनि तोबियाहले मलाई डर देखाउनलाई पत्रहरू पठाउँथे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले उसको असल कार्यको प्रतिवेदन पनि तिनी समक्ष दिइरहेका थिए। अनि तिनीहरूले भनिरहेका थिए, मैले के गरिरहेको थिएँ। तोबियाहले मलाई भयभीत तुल्याउन पत्रहरू पठाए।