Nehemiah 6:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले यस्‍तो उत्तर दिएर समाचार पठाएँ, “अहिले मेरो हातमा जरुरी काम छ र काम छोडेर म आउन सक्‍दिनँ। तिमीहरूलाई भेट्‍न आएर म यहाँको काम रोक्‍न सक्‍दिनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण मैले यस्‍तो जवाफ दिएर समाचार पठाएँ, “अहिले मेरो हातमा ठूलो योजना छ। म त्‍यहाँ आउन सक्‍दिनँ। काम छोड़ी तिमीहरूकहाँ आएर यो काम किन रोकिने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण मैले तिनीहरूकहाँ यो समाचार पठाएँ: “म एउटा महान् काम सञ्चालन गरिरहेको छु, र म त्यहाँ आउन सक्दिनँ। मैले काम छोडेर तपाईंहरूकहाँ त्यहाँ आएर यो काम किन रोकिने?”
Nepali ERV (पवित्र बाइबल)
यसकारण मैले तिनीहरूकहाँ सन्देशवाहकहरू पठाएँ जसले भने, “मैले एउटा मुख्य काम गरिरहेछु। यसर्थ म तिमीहरूकहाँ आउन सक्तिन। काम रोकेर म किन तिमीहरूकहाँ आउँनु?”