Nehemiah 6:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले हामीलाई काम बन्‍द गराउन तर्साउन खोज्‍थे। मैले प्रार्थना गरें, “हे परमेश्‍वर, मलाई शक्ति दिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा परिश्रम गर्ने हातहरू दुर्बल होऊन्‌ र हाम्रो काम कहिल्‍यै नसिद्धिओस्‌ भन्‍ने आशाले उनीहरूले हामीलाई घुर्की दिने चेष्‍टा गर्दैथिए। तर मैले प्रार्थना गरें, “अब हे परमेश्‍वर, मेरा हात बलिया पार्नुहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सबैले हामीलाई भयभीत पार्ने कोसिस गर्दैथिए, “तिनीहरूका काम गर्ने हातहरू अति दुर्बल होऊन्, र त्यो काम कहिल्यै नससकिओस्” भन्‍ने सोच गरेका थिए। तर मैले प्रार्थना गरेँ, “हाम्रा हातहरू बलिया पारिदिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
किनभने तिनीहरू आफ्ना काम गरिरहन हतोत्साहित हुनेछन्, “अनि काम समाप्त हुने छैन। भन्ने सोंचेर तिनीहरूले हामीलाई भयभीत तुल्याउने कोशिश गर्दैछौ।” तर अब “हे परमेश्वर मलाई सुदृढ तुल्याउनुहोस्।”