Nehemiah 7:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेम सहरमाथि शासन गर्न मैले दुई जना व्‍यक्ति खटाएँ। ती दुईमा मेरा भाइ हनानी र किल्‍लाका सेनापति हनन्‍याह थिए। हनन्‍याह भरपर्दा र परमेश्‍वरको भय मान्‍ने व्‍यक्ति थिए, उनीजस्‍तो अरू कोही थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले मेरा भाइ हनानीलाई, किल्‍लाका सेनापति हनन्‍याहको साथमा यरूशलेमको जिम्‍मा दिएँ। किनभने अरू मानिसहरूभन्‍दा हनानीचाहिँ ज्‍यादै विश्‍वासी र परमेश्‍वरसँग डराउने मानिस थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले आफ्नो भाइ हनानीलाई किल्‍लाको सेनापति हनन्याहसित यरूशलेमको अधिकारी नियुक्त गरेँ; किनकि हनन्याह एक विश्‍वासयोग्य, इमानदार र अरू मानिसहरूले भन्दा परमेश्‍वरको भय धेरै मान्‍ने गर्थे।
Nepali ERV (पवित्र बाइबल)
तब मैले मेरो भाइ हनानीलाई किल्लाको सेना नायक हनन्याह सहित यरूशलेमको जिम्मा दिएँ किनभने हनानी एक इमान्दार थिए अनि तिनले परमेश्वरलाई अन्य धेरै मानिसहरूले भन्दा अधिक सम्मान गर्थे।