Nehemiah 7:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिनीहरूलाई यरूशलेमका ढोकाहरू बिहान घाम नझुल्‍कुञ्‍जेलसम्‍म नखोल्‍नू र बेलुका घाम अस्‍ताएपछि पहरादारहरू हुँदाहुँदै ढोकाहरू बन्‍द गरेर राम्ररी आग्‍लाहरू लगाउनू भनें। पहरादारहरू यरूशलेमकै बासिन्‍दाहरूबाट खटाउनू, तिनीहरूलाई विशेष-विशेष ठाउँमा पहरा दिन लाउनू र तीबाहेक अरू मानिसहरूलाई चाहिँ आ-आफ्‍ना घरका चारैपट्टि गस्‍ती लाउन आदेश दिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिनीहरूलाई भनें, “यरूशलेमका मूल ढोकाहरू घाम निकै लागेपछि मात्र खोल्‍नू। द्वारपालहरू पहरामा बस्‍दा मूल ढोकाहरू बन्‍द गरेर आग्‍लाहरू लाउन लगाउनू। कसैलाई पहरा बस्‍न र कसैलाई चाहिँ आफ्‍नै घरको सामुन्‍ने रक्षा गर्न यरूशलेमकै बासिन्‍दाहरूबाट रक्षकहरूलाई नियुक्त गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनीहरूलाई भनेँ, “घाम निकै चर्को नलागेसम्म यरूशलेमका मूलढोकाहरू नखोल्नू। द्वारपालहरू काममा रहेकै बेला तिनीहरूलाई ढोकाहरू बन्द गरेर आग्ला लगाउनलाई भन्‍नू। अनि यरूशलेमका बासिन्दाहरू केहीलाई तिनीहरूका अड्डामा र केहीलाई तिनीहरूका आफ्नै घर छेउमा पहरेदार पनि नियुक्त गर्नू।”
Nepali ERV (पवित्र बाइबल)
मैले तिनीहरूलाई भने, “यरूशलेमको द्वारहरू घाम पूर्णरूपले उदय नहुञ्जेल खोल्नु हुँदैन, अनि घाम अस्ताउनु भन्दा अघि बन्द गर्नु पर्छ। यरूशलेमका बासिन्दाहरूलाई रक्षा गर्न कसैलाई तिनीहरूको खामातिर अनि कसैलाई आफ्नै घरको रक्षा गर्न नियुक्त गर।” फर्केर आएका कैदिहरूको सूची