Nehemiah 7:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले अगुवा, भारदार र मानिसहरू सबैलाई भेला गरी, तिनीहरूको वंशावली जाँच गर्ने प्रेरणा परमेश्वरबाट पाएँ। कैदबाट छुटेर सबैभन्दा पहिले फर्कनेहरूको वंश-सूची मैले फेला पारें र त्यहाँ यी कुराहरू भेट्टाएँ—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले भारदारहरू, अधिकृतहरू र मानिसहरूलाई परिवार-परिवार गरी नाउँ लेखाउन भनी भेला गराउन परमेश्वरले मलाई प्रेरणा दिनुभयो। मैले सबैभन्दा पहिले फर्कनेहरूको वंशावलीको पुस्तक भेट्टाएँ। त्यसमा लेखिएको कुरो मैले यही पाएँ:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मेरा परमेश्वरले मेरो हृदयमा अगुवा मानिसहरू, अधिकृतहरू र साधारण मानिसहरूलाई परिवार-परिवार गरी भेला गरी नाम लेख्नलाई विचार हालिदिनुभयो। मैले पहिलो पटक फर्कनेहरूका वंशावलीको सूची भेट्टाएँ; अनि मैले त्यहाँ यसरी लेखिएको पाएँ:
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमेश्वरले मलाई मुख्य मानिसहरू, अधिकारीहरू अनि साधारण मानिसहरूलाई कुल अनुसार नाउँ लेख्नु भनि प्रेरणा दिनु भयो। मैले कैदबाट फर्की आउने कुलहरूको विवरण पुस्तक पाँए। मैले त्यसमा यो लेखेको पाएँ।