Nehemiah 7:63 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[63-64] पुरोहित वंशका होबायाह, हक्कोस र बर्जिल्लै परिवारले वंशावलीमा आफ्नो पुर्खाको नाम पाउन सकेनन् (पुरोहित वंश बर्जिल्लैका एक जना पुरुषले गिलादी बर्जिल्लैकी एउटी कन्या विवाह गरेर ससुराली नाम बर्जिल्लै चलाएर ल्याएको थियो)। तिनीहरूले आफ्ना पिता-पुर्खाको बारेमा प्रमाण दिन नसकेको कारणले तिनीहरूलाई पुरोहित भनी ग्रहण गरिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीहरूबाट: होबायाहका परिवार, हक्कोसका परिवार, र गिलादी बर्जिल्लैकी एउटी छोरीलाई विवाह गरेर तिनकै नाउँ राख्ने बर्जिल्लैका परिवार।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीहरूमध्येबाट: होबायाह, हक्कोस र बर्जिल्लैका सन्तानहरू (जसले गिलादी बर्जिल्लैकी छोरी विवाह गरेका थिए, र त्यही नामले बोलाइएका थिए)।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरूमा होबायाह, हक्कोस अनि र्बजिलैका सन्तानहरू थिए। मानिसहरू जसले गिलादबाटका र्बजिलैकी छोरीहरूलाई विवाह गरे, जसलाई उसको नाउँ द्वारा बोलायो।