Nehemiah 7:73 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका सबै मानिसहरू: पूजाहारी, लेवी, मन्‍दिरका पहरादार, गवैया, अरू साधारण मानिस, मन्‍दिरमा काम गर्नेहरू यहूदाका सहर र गाउँहरूमा बसोबास गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू, मन्‍दिरका सेवकहरू, साथै कुनै-कुनै मानिसहरू र अरू बाँकी इस्राएलीहरू आ-आफ्‍ना सहरहरूमा बसोबास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू र मन्दिरका सेवकहरू र केही मानिसहरू साथै बाँकी रहेका इस्राएलीहरू आ-आफ्नै सहरहरूमा बसोबास गर्न थाले। सातौँ महिनासम्ममा इस्राएलीहरू आफ्ना सहरहरूमा बसोबास गरे।
Nepali ERV (पवित्र बाइबल)
जब सातौं महीना आयो अनि पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू मन्दिरका सेवकहरू अनि समस्त इस्राएलीहरू पनि आफ्ना शहरहरूमा बसे।