Nehemiah 8:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सात महिना बितुञ्‍जेल इस्राएलीहरू सहरमा बसोबास गर्न लागिसकेका थिए। त्‍यस महिनाको पहिलो दिनमा तिनीहरू सबै यरूशलेममा पानी-ढोकाको भित्रपट्टि चोकमा भेला भए। व्‍यवस्‍थाका शास्‍त्री पुरोहित एज्रालाई तिनीहरूले व्‍यवस्‍थाको पुस्‍तक चोकमा ल्‍याउन लाए। व्‍यवस्‍था-विधि परमेश्‍वरले मोशाको हातद्वारा इस्राएलीहरूलाई दिनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सातौँ महिना लाग्‍दा जब इस्राएलीहरू आ-आफ्‍ना सहरहरूमा स्‍थापित भएका थिए, तब सबै मानिसहरू पानी ढोकाका सामुको चोकमा एउटै मानिसजस्‍तै गरी भेला भए। परमप्रभुले इस्राएललाई आज्ञा गर्नुभएको मोशाका व्‍यवस्‍थाको पुस्‍तक ल्‍याउन तिनीहरूले शास्‍त्री एज्रालाई भने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै मानिसहरू एउटै मनको झैँ भएर पानी मूलढोकाको सामुको चोकमा भेला भए। तिनीहरूले व्यवस्थाका शिक्षक एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउन लगाए, जुन व्यवस्था याहवेहले इस्राएलीहरूका निम्ति आज्ञा गर्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
समस्त मानिसहरू पानी मूलद्वार अघि चोकमा एकत्रित भए। तिनीहरूले शास्त्री एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउनु भने, जो परमप्रभुले इस्राएललाई दिनु भएको थियो।