Nehemiah 8:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब घर गएर भोज खाओ। जोसँग पुग्‍दो छैन, ऊसँग आफ्‍ना भोजन र दाखमद्य बाँडेर खाओ। हाम्रा परमप्रभुको निम्‍ति आजको दिन पवित्र छ। यसैले विलाप नगर। परमप्रभुले दिनुहुने आनन्‍दले तिमीहरू बलिया हुनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब नहेम्‍याहले तिनीहरूलाई भने, “अब तिमीहरू जाओ, स्‍वादिष्‍ट भोजन खाओ, र मीठो पेय पदार्थ पिओ, र आफ्‍नो निम्‍ति जुटाउन नसक्‍नेहरूलाई पनि भाग पठाइदेओ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्‍ति पवित्र छ। उदास नहोओ, किनभने परमप्रभुको आनन्‍द नै तिमीहरूको बल हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नहेम्याहले भने, “गएर असल भोजन र मिठो दाखमद्य पिउनुहोस्; अनि खानेकुरा नभएकाहरूलाई केही पठाइदिनुहोस्। यो दिन हाम्रा याहवेहको निम्ति पवित्र छ। अफसोस नगर्नुहोस्; किनकि याहवेहको आनन्द नै तपाईंहरूको बल हो।”
Nepali ERV (पवित्र बाइबल)
उसले तिनीहरूलाई भने, “जाऊ अनि मीठो भोजन खाऊ, र स्वादिष्ट दाखरस पिऊ अनि तिनीहरूलाई भाग पठाऊ जसले तयार गरेका छैनन्, किनभने यो दिन हाम्रा मालिकको निम्ति पवित्र छ। अनि उदास नोहोऊ किनभने परमप्रभुमा आनन्द नै तिम्रो शक्तिहो।”