Nehemiah 8:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मानिसहरूले हाँगाबिँगा ल्याएर छाप्रो बनाए। घरको कौसीमाथि, आँगनमा, मन्दिरको चोकमा, पानी-ढोका र एफ्राइम ढोकाछेउका चोकहरूमा तिनीहरूले छाप्रो बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले मानिसहरू गएर हाँगाहरू ल्याए, र हरेकले आ-आफ्नो घरको छाना र आँगनमा, र परमेश्वरको भवनका चोकहरूमा, र पानी ढोकाका सामुको चोक र एफ्राइमका ढोकाको चोकमा पनि आ-आफ्नो निम्ति छाप्रो बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मानिसहरू निस्केर बाहिर गए, र ती हाँगाहरू लिएर आए। अनि तिनीहरूले आ-आफ्नो निम्ति घरको छानामाथि, तिनीहरूका आँगनहरूमा र परमेश्वरको भवनका चोकहरूमा पानी मूलढोकाको छेउको चोकमा र एफ्राइमको मूलढोकाको छेउमा अस्थायी छाप्राहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मानिसहरू गए र हाँगाहरू लिएर आए, अनि तिनीहरू स्वयंका निम्ति छाप्रोहरू बनाए, हरेकले आफ्ना छतमा अनि परमेश्वरको मन्दिरको पानी-मूलढोका चोक एप्रेम मूल ढोकाको।