Nehemiah 8:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी एज्रा मञ्‍चमा उभिएको बेलामा मानिसहरूले उनलाई एकटक लाएर हेरिरहे। उनले व्‍यवस्‍थाको पुस्‍तक खोल्‍ने बित्तिकै मानिसहरू खडा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एज्राले पुस्‍तक खोले। सबै मानिसहरूले तिनलाई देख्‍न सके, किनकि तिनीहरूभन्‍दा तिनी उच्‍चमा खड़ा भएका थिए। जसै तिनले पुस्‍तक खोले, सबै मानिसहरू खड़ा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एज्राले व्यवस्थाको पुस्तक खोले। सबै मानिसहरूले तिनलाई देख्न सक्थे; किनकि तिनी मानिसहरूभन्दा अग्लो मञ्चमा उभिएका थिए। तिनले त्यो व्यवस्थाको पुस्तकलाई खोल्दा सबै मानिसहरू उभिए।
Nepali ERV (पवित्र बाइबल)
एज्राले सबै मानिसहरूले देख्ने गरी पुस्तक खोले किनभने उनी तिनीहरू भन्दा माथि उभिएका थिए। यसरी उसले व्यवस्थाको पुस्तक खोले सबै मानिसहरू उभिए।