Nehemiah 8:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एज्राले भने, “महान् परमेश्‍वर प्रभुको प्रशंसा गर!” तब सबै मानिसहरूले हात आकाशतिर उचालेर “आमेन, आमेन” भने। शिर भूइँसम्‍म निहुराएर घुँडा टेकी तिनीहरूले परमेश्‍वरलाई प्रणाम गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एज्राले परमप्रभु महान्‌ परमेश्‍वरको प्रशंसा गरे, र सबै मानिसहरूले आ-आफ्‍ना हात उठाएर यसो भनेर जवाफ दिए, “आमेन, आमेन।” त्‍यसपछि तिनीहरूले आ-आफ्‍नो शिर निहुराएर परमप्रभुको सामुन्‍ने नम्रतापूर्वक दण्‍डवत्‌ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एज्राले याहवेह महान् परमेश्‍वरलाई प्रशंसा गरे; अनि सबै मानिसहरूले आफ्ना हातहरू उचालेर यसो भन्दै प्रतिक्रिया दिए, “आमेन! आमेन!” त्यसपछि तिनीहरू भुइँसम्म घोप्टो परेर याहवेहलाई दण्डवत् गरे।
Nepali ERV (पवित्र बाइबल)
एज्राले परमप्रभु महान् परमेश्वरको स्तुति गरे। अनि सबै मानिसहरूले आफ्ना हात उठाउँदै उत्तरदिए, “आमीन! आमीन!” तब तिनीहरू सबै परमप्रभुको अघि भुइँमा निहुरीए।