Nehemiah 9:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] त्‍यही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू उपवास बस्‍न भेला भए, यसरी तिनीहरू आफ्‍ना पापको लागि अफसोस र पछुताउ गर्न चाहन्‍थे। तिनीहरूले आफैंलाई अरू विदेशीहरूदेखि अलग गरिरहेका थिए। शोक प्रकट गर्दै तिनीहरूले शिरमा धुलो र शरीरमा भाङ्‌ग्रा लाएका थिए। तब तिनीहरू उभिएर आफैंले गरेका र आफ्‍ना पिता-पुर्खाले गरेका पापको लागि कायल भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू भाङ्‌ग्रा लगाई आ-आफ्‍नो शिरमा धूलो हालेर उपवासको निम्‍ति भेला भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू उपवास बसेर भाङ्ग्रा लगाउँदै र टाउकोमा धुलो हालेर उपवासको निम्ति एकसाथ भेला भए।
Nepali ERV (पवित्र बाइबल)
अब, यो महीनाको चौबीसौं दिनमा इस्राएलका मानिसहरू उपवास बसे एकत्रित भए र भागङ्गरा लगाए अनि तिनीहरूले आफै माथि धूलो हाले।