Nehemiah 9:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रका राजा, भारदार र प्रजाहरूका विरुद्धमा तपाईंले तिनीहरूको देशमा उदेकका कामहरू गर्नुभयो किनभने तिनीहरूले तपाईंका प्रजालाई कसरी सताएका थिए, तपाईंले जान्‍नुहुन्‍थ्‍यो। त्‍यसरी तपाईंले आफ्‍नो कीर्ति प्राप्‍त गर्नुभो, जो आजसम्‍म छँदैछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारो र उनका अधिकृतहरू र उनको देशका सबै मानिसहरूका विरुद्धमा चिन्‍ह र आश्‍चर्य कामहरू तपाईंले गर्नुभयो, किनकि उनीहरूले तिनीहरूप्रति अहङ्कारपूर्वक व्‍यवहार गरेका तपाईंले देख्‍नुभयो। तपाईंले आफ्‍नो निम्‍ति एउटा नाउँ राख्‍नुभयो, जो आजको दिनसम्‍म छँदैछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले फारो, तिनका अधिकृतहरू र तिनका देशका मानिसहरूको विरुद्धमा अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू पठाउनुभयो; किनकि इजिप्टियनहरूले हाम्रा पुर्खाहरूसित अति क्रूरतापूर्ण व्यवहार गरेका थिए, त्यो तपाईंलाई थाहा थियो। तपाईंले आफ्नै निम्ति एउटा नाम बनाउनुभयो, जुन नाम आजको दिनसम्मै छँदैछ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले चिन्हहरु र आश्चर्यमय कुराहरू फिरऊन मिश्रदेशका राजा अनि तिनका समस्त सेवकहरू अनि तिनका देशका समस्त मानिसहरूको विरूद्ध गर्नुभयो, किनभने तिनीहरूले हाम्रापुर्खा हरूलाई अत्याचार गरेको तपाईंलाई थाहा थियो। तपाईं अहिले सम्म रहनु भए झैं प्रसिद्ध हुनुभयो।