Nehemiah 9:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले समुद्रको बीचदेखि सुक्‍खा बाटो तयार गरेर आफ्‍ना प्रजालाई पार गराउनुभो। तपाईंले ती खेद्‍नेहरूलाई चाहिँ गहिरो पानीमा डुब्‍न लाउनुभयो; जसरी उर्लंदो पानीमा ढुङ्गा डुब्‍छ, त्‍यसरी नै गहिरो पानीमा डुबेर मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सुक्‍खा जमिनमा हिँड़िजान तिनीहरूका सामुन्‍ने समुद्रलाई दुई भाग पारिदिनुभयो, तर उर्लंदो पानीमा ढुङ्गा फालेझैँ ती खेद्‌नेहरूलाई तपाईंले फालिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले पुर्खाहरूको सामु समुद्रलाई दुई भाग पारिदिनुभयो, तब तिनीहरू ओबानो जमिनबाट हिँडेर गए, तर तपाईंले तिनीहरूलाई खेद्ने शत्रुहरूलाई चाहिँ प्रचण्ड पानीमा परेको एउटा ढुङ्गाझैँ गहिरो पानीमा फ्याँकिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले तिनीहरू समक्ष समुद्रलाई विभाजन गरिदिनु भयो, अनि तिनीहरू सूख्खा जमीन भएर हिंडी समुद्र पार भए। तर तिनीहरूलाई खेद्ने फिरऊनका सेनालाई पानीमा ढुङ्गालाई फ्याँकिदिए जस्तै तपाईंले फ्याँकिदिनु भयो।