Nehemiah 9:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तरै पनि तपाईंले तिनीहरूलाई मरुभूमिमा नै फाल्‍नुभएन, कारण तपाईंको दया महान् छ, तिनीहरूलाई बाटो देखाउने दिउँसोको बादल र रातीको आगोको प्रकाश तपाईंले हटाउनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि तपाईंले तिनीहरूलाई ठूलो करुणा देखाएर उजाड़-स्‍थानमा त्‍याग्‍नुभएन। तिनीहरूको यात्रामा दिउँसो बादलको खामोले बाटो देखाउन र राती तिनीहरूका यात्राको बाटोमा प्रकाश दिने आगोको खामोले तिनीहरूलाई छोड़ेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तपाईंको अपार दयाको कारण तपाईंले तिनीहरूलाई उजाडस्थानमा त्याग्नुभएन। दिउँसो बादलको खाँबोले तिनीहरूको बाटोमा डोर्‍याउन छोडेन, न त राति तिनीहरूको बाटोमा ज्योति दिन आगोको खाँबो नै रोकियो।
Nepali ERV (पवित्र बाइबल)
तर तपाइको महान करूणाको कारणले गर्दा, तपाईंले तिनीहरूलाई मरूभूमिमा छोडनु भएन, बादलको खामोले तिनीहरूलाई दिनको यात्रामा अगुवाई गर्न रोकनु भएन अनि आगोको मुस्लोले राती तिनीहरू हिंडनु पर्ने बाटो उज्यालो तुल्याउन छोडनु भएन।