Nehemiah 9:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले मरुभूमिमा चालीस वर्षसम्‍म तिनीहरूलाई चाहिएका कुराहरू दिइरहनुभयो; तिनीहरूका वस्‍त्र कहिल्यै फाटेनन्, र तिनीहरूका खुट्टा पीडाले सुन्‍निएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चालीस वर्षसम्‍म उजाड़-स्‍थानमा तपाईंले तिनीहरूलाई सम्हाल्‍नुभयो। तिनीहरूलाई केही कुराको अभाव भएन; तिनीहरूका लुगाहरू फाटेनन्‌ र तिनीहरूका खुट्टाहरू सुनिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चालीस वर्षसम्म तपाईंले तिनीहरूलाई उजाडस्थानमा जुटाउनुभयो; तिनीहरूलाई कुनै पनि कुराको अभाव भएन। तिनीहरूका लुगाहरू फाटेनन् र तिनीहरूका खुट्टाहरू पनि सुनिएनन्।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले चालीस वर्षसम्म उज्जाड स्थानमा तिनीहरूको हेरचाह गर्नुभयो, त्यहाँ तिनीहरूलाई केही अभाव थिएन। तिनीहरूका वस्त्रहरू मक्किएनन् र तिनीहरूका खुट्टाहरू पनि सुनिएनन्।