Nehemiah 9:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तपाईंले तिनीहरूलाई जातिहरू, राज्यहरू र तिनीहरूका साँध-सिमानाका देशहरू, तिनीहरूका कब्जामा दिनुभयो। सीहोन राजाको देश हेश्बोन र ओग राजाको देश बाशान तिनीहरूले जिते।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तपाईंले तिनीहरूलाई राज्यहरू र जातिहरू र टाढ़ाका सीमान्त-प्रदेशहरू पनि दिनुभयो। तिनीहरूले हेश्बोनका राजा सीहोनको देश र बाशानका राजा ओगको देश जिते।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तपाईंले तिनीहरूलाई राज्यहरू, जातिहरू र सिमानामा रहेका ठाउँहरू पनि बाँडिदिनुभयो। तिनीहरूले हेश्बोनका राजा सीहोनको देश र बाशानका राजा ओगको देश कब्जा गरे।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले तिनीहरूलाई राज्यहरू अनि मानिसहरू दिनुभयो। तपाईंले तिनीहरूलाई यी सीमा-भूमिको रूपमा प्रदान गर्नुभयो। तिनीहरूले हेशबोनका राजा सीहोनको देश अनि बाशानका राजा ओगको भूमि अधिकारमा लिए।