Nehemiah 9:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर तपाईंका प्रजाले विद्रोह गरे र तिनीहरू अनाज्ञाकारी बने; तपाईंको व्‍यवस्‍था-विधिदेखि मुख फर्काए। तपाईंतिर फर्कन चेतावनी दिने अगमवक्ताहरूलाई तिनीहरूले हत्‍या गरे। घरीघरी तिनीहरूले तपाईंको अपमान गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरुद्धमा बागी भए। तिनीहरूले तपाईंका व्‍यवस्‍थाको वास्‍ता गरेनन्‌। तिनीहरूलाई तपाईंतर्फ फर्काउनलाई गम्‍भीर चेताउनी दिने तपाईंका अगमवक्ताहरूलाई तिनीहरूले मारे। यसरी तिनीहरूले ठूलो ईश्‍वर-निन्‍दाको अपराध गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तिनीहरू अनाज्ञाकारी भए र तपाईंप्रति बागी भए। तिनीहरूले तपाईंको व्यवस्थालाई तिरस्कार गरे। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे, जसले तिनीहरूलाई तपाईंतिर फर्काउन भनी चेताउनी दिएका थिए। तिनीहरूले डरलाग्दो ईश्‍वरनिन्दा गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरूद्ध विद्रोह गरे अनि तपाईंको व्यवस्था आफ्ना पिठ तिर फ्याँके। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईं कहाँ फर्काई ल्याउका निम्ति तिनीहरूलाई चेतावनी दिएका थिए। तिनीहरूले तपाईंको विरूद्धमा डरलाग्दा कामहरू गरे।