Nehemiah 9:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसकारण तिनीहरूका शत्रुलाई विजय दिनुभयो र तिनीहरूमाथि राज्‍य गर्न तपाईंले विजय बनाउनुभयो। आफ्‍नो विपत्तिको दिनमा तिनीहरूले तपाईंलाई पुकारे, स्‍वर्गबाट तपाईंले उत्तर दिनुभयो। तिनीहरूलाई शत्रुदेखि बचाउन तपाईंले आफ्‍ना महान् दयाले अगुवाहरू पठाइदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा दिनुभयो, जसले तिनीहरूमाथि अत्‍याचार गरे। तर तिनीहरू अत्‍याचारमा पर्दा तिनीहरूले सहायताको लागि तपाईंलाई पुकारे। तपाईंले स्‍वर्गबाट तिनीहरूको पुकारा सुन्‍नुभयो, र आफ्‍नो ठूलो करुणा देखाएर तिनीहरूलाई आफ्‍ना शत्रुहरूबाट बचाउन उद्धारकहरू पठाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूमाथि अत्याचार गरे। तर जब तिनीहरू अत्याचारमा परे, तिनीहरूले तपाईंलाई पुकार गरे। तपाईंले स्वर्गबाट तिनीहरूको पुकार सुन्‍नुभयो। अनि आफ्नो महान् दयामा तपाईंले तिनीहरूलाई उद्धारकहरू दिनुभयो, जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटाए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिनीहरूलाई तपाईंले उनीहरुको शत्रुहरूलाई सुम्पि दिनुभयो। अनि शत्रुहरूले तिनीहरूलाई नराम्रो प्रकारले सताए, तिनीहरूको आफ्तको समयमा तपाईंको सहायताका निम्ति पुकारा गरे अनि तपाईंले स्वर्गबाट तिनीहरूको रोदन सुन्नुभयो। तपाईंको महान कृपाको कारण तिनीहरूको लागि उद्धारकर्त्ताहरू प्रदान गर्नुभयो।