Nehemiah 9:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शान्‍ति भएपछि तिनीहरूले पाप गरे र फेरि तपाईंले तिनीहरूका शत्रुलाई तिनीहरूमाथि विजयी हुन दिनुभयो। तर जब फेरि तिनीहरूले पश्‍चात्ताप गरे, स्‍वर्गमा तपाईंले सुन्‍नुभयो र बारम्‍बार आफ्‍नो ठूला दयाले तिनीहरूलाई बचाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर वरिपरिबाट शान्‍ति पाएपछि तपाईंको दृष्‍टिमा जे दुष्‍ट छ सो तिनीहरूले फेरि गरे। तब तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुका हातमा त्‍याग्‍नुभयो, र उनीहरूले तिनीहरूमाथि शासन गरे। अनि फेरि तिनीहरूले सहायताको निम्‍ति तपाईंको पुकारा गरे, र तपाईंले स्‍वर्गबाट तिनीहरूको पुकारा सुन्‍नुभयो, र आफ्‍नो करुणा देखाएर पटक-पटक तिनीहरूलाई उद्धार गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तिनीहरूले विश्राम पाउनसाथ तपाईंको दृष्‍टिमा जे खराब थियो, फेरि त्यही गरे। तब तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो, ताकि तिनीहरूले तिनीहरूमाथि शासन गरून्। अनि जब तिनीहरूले फेरि तपाईंलाई पुकार गरे, तब तपाईंले स्वर्गबाट तिनीहरूको पुकार सुन्‍नुभयो। अनि तपाईंले आफ्नो दयामा तिनीहरूलाई पटक-पटक छुटाउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
जसले तिनीहरूलाई तिनीहरूका शत्रुको शक्तिबाट बँचाए। तर तिनीहरूले आफ्नो शत्रुहरूबाट छुटकार पाउन साथ फेरि त्यही गरे जसलाई तपाईंले नराम्रो ठान्नु भएको थियो। यसकारण तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुका हातमा छाडिदिनुभयो। जसमा कि तिनीहरूमाथि शत्रुहरूले शासन गरून् भनी, तर फेरि तिनीहरूले तपाईं प्रति रोदन गरे। तपाईंले फेरि तिनीहरूका कुरा स्वर्गबाट सुनिदिनु भयो अनि तपाईंको महा कृपाद्वारा धेरैपल्ट तिनीहरूको उद्धार गरि दिनुभयो।