Nehemiah 9:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीन घण्‍टासम्‍म परमेश्‍वरका व्‍यवस्‍था तिनीहरूलाई पढी सुनाइयो। त्‍यसपछि अरू तीन घण्‍टासम्‍म तिनीहरू पापको लागि कायल भए र परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आराधना र दण्‍डवत् गरिरहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू आ-आफ्‍नो स्‍थानमा खड़ा भए र पहिलो एक पहरचाहिँ परमप्रभु तिनीहरूका परमेश्‍वरका व्‍यवस्‍थाको पुस्‍तक पढ़े। अनि तिनीहरूले अर्को एक पहरचाहिँ आ-आफ्‍ना पापको स्‍वीकार गर्दै परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्दैरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू आफू बसेको ठाउँमा खडा भए; अनि छ घण्टासम्म याहवेह तिनीहरूका परमेश्‍वरको व्यवस्थाको पुस्तक पढेर तिनीहरूले अर्को छ घण्टाचाहिँ आ-आफ्ना पाप स्वीकार गरे। अनि याहवेह आफ्ना परमेश्‍वरको आराधना गरिरहे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू आफ्ना स्थानमा उभिए अनि एक चौथाइ दिनसम्म तिनीहरूका परमेश्वरको व्यवस्थाको पुस्तकबाट पाठ गरे।