Nehemiah 9:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वर्षेनी तपाईंले तिनीहरूलाई धैर्यसाथ चेतावनी दिनुभयो, तपाईंले आफ्‍ना अगमवक्ताहरूलाई बोल्‍ने आत्‍मा दिनुभयो, तर तपाईंका प्रजा बहिरा नै भए, यसकारण अरू जातिहरूलाई तिनीहरूमाथि विजयी हुन दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै वर्षसम्‍म तपाईंले तिनीहरूसित धैर्य धर्नुभयो। तपाईंले आफ्‍ना अगमवक्ताहरूद्वारा तपाईंका आत्‍माले तिनीहरूलाई चेताउनी दिनुभयो। तर तिनीहरूले सुनेनन्‌। यसैकारण तपाईंले तिनीहरूलाई छिमेकका मानिसहरूका हातमा सुम्‍पिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरै वर्षसम्म तपाईं तिनीहरूप्रति धैर्यवान् बन्‍नुभयो। तपाईंले आफ्ना अगमवक्ताहरूद्वारा तपाईंको आत्माले तिनीहरूलाई चेतावनी दिनुभयो। तर पनि तिनीहरूले ध्यानै दिएनन्। यसैकारण तपाईंले तिनीहरूलाई विदेशी मानिसहरूका हातमा सुम्पिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तपाईं धेरै वर्षसम्म तिनीहरू प्रति धीरजीरहनु भयो, अनि तपाईंले तिनीहरूलाई तपाईंका अगमवक्ताहरू द्वारा तपाईंको आत्माले चेतावनी दिनुभयो। तर तिनीहरूले सुनेनन् यसर्थ तपाईंले तिनीहरूलाई विदेशी राष्ट्रहरूलाई सुम्पिदिनुभयो।