Nehemiah 9:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले पाप गर्दा हामीमाथि खटाउनुभएका राजाहरूकहाँ, हाम्रा जमिनका सारा उब्‍जनी जाँदछ। तिनीहरूले आफ्‍ना इच्‍छाअनुसार हामी र हाम्रा गाई-वस्‍तुमाथि आफ्‍नो मनखुसी गर्छन् र हामीहरू महा-कष्‍टमा परेका छौं!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा पापहरूले गर्दा त्‍यसका प्रशस्‍त उब्‍जनीहरू हामीमाथि प्रभुत्‍व गर्न तपाईंले खटाउनुभएका राजाहरूकहाँ जान्‍छन्‌। हाम्रा शरीर र हाम्रा पशुहरूमाथि उनीहरू आफूखुशी शासन गर्दछन्‌। हामी ठूलो सङ्कष्‍टमा परेका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा पापको कारण, यस भूमिको प्रशस्त उब्जनीहरू तपाईंले हामीमाथि खटाउनुभएका राजाहरूकहाँ जान्छ। तिनीहरूले हाम्रा शरीरहरूमाथि र हाम्रा गाईबस्तुहरूमाथि तिनीहरूको इच्छाअनुसार शासन गर्छन्। हामी ठूलो सङ्कष्‍टमा परेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
भूमिको प्रशस्त फसलहरू राजाहरूका अधिनमा छ जसको अधिनमा हामीलाई हाम्रो पापको कारणले राखिदिनु भयो। तिनीहरूले हाम्रो शरीरहरू अनि हाम्रा पशुहरू माथि तिनीहरूको इच्छा अनुसार शासन गरे, अनि हामीहरू ढूलो कष्टमा पारिरहेका छौ।