Nehemiah 9:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूअ, कादमीएल, बानी, हशबन्‍याह, शरेबियाह, होदियाह, शबन्‍याह र पतहियाह लेवीहरूले आराधना गर्न मानिसहरूलाई निम्‍त्‍याउँदै यसो भने: “खडा होओ र आफ्‍ना परमेश्‍वरलाई प्रशंसा गर! सदाकालको निम्‍ति उहाँको प्रशंसा गर! मानिसले गरेको प्रशंसा उहाँको महान्‌तालाई सुहाउँदो त हुँदैन, तापनि हरेकले उहाँको महिमाले भरिएको नामको प्रशंसा गर।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यी लेवीहरू— येशूअ, कादमीएल, बानी, हशबन्‍याह, शरेबियाह, होदियाह, शबन्‍याह र पतहियाहले भने, “उभिएर परमप्रभु तिम्रा परमेश्‍वर, जो अनन्‍तदेखि अनन्‍तसम्‍म हुनुहुन्‍छ, उहाँको प्रशंसा गर।” तपाईंको महिमित नाउँ धन्‍यको र सारा धन्‍य र प्रशंसामा सर्वोच्‍च होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि लेवीहरू—येशूआ, कदमिएल, बानी, हशबन्याह, शेरेबियाह, होदिय्याह, शबन्याह र पतहयाहले भने: “युगौँयुगसम्म हुनुहुने याहवेह तिमीहरूका परमेश्‍वरलाई उभिएर प्रशंसा गर।” “तपाईंको महिमित नाम धन्यको होस्! यो सारा आशिष् र प्रशंसाभन्दा उच्‍च होस्!”
Nepali ERV (पवित्र बाइबल)
तब लेवी येशूअ, कद्‌मीएल, बानी, हशबियाह, शबन्याह, होदियाह, शेबानिया अनि पतहियाहले भने, “उठ अनि परमप्रभु तिम्रा परमेश्वरको स्तुति गर।” किनभने उहाँ शरू देखि अन्त सम्म हुनुहुन्छ। तपाईंको महिमित नाउँको स्तुति होस। यद्यपि यो सम्पूर्ण आशीष अनि प्रशंसा भन्दा आश्चर्यजनक छ।