Nehemiah 9:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब इस्राएलीहरूले यसरी प्रार्थना गरे: “हे परमेश्‍वर, तपाईं मात्र परमप्रभु हुनुहुन्‍छ; तपाईंले स्‍वर्ग, तारा र आकाश बनाउनुभयो। तपाईंले पृथ्‍वी, समुद्र र तिनमा भएका हरेक चीज बनाउनुभयो; तपाईंले सबैलाई जीवन दिनुभयो। स्‍वर्गका शक्तिहरूले शिर निहुराएर तपाईंलाई दण्‍डवत् गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं मात्र परमप्रभु हुनुहुन्‍छ। तपाईंले नै स्‍वर्ग, सर्वोच्‍च आकाश, र त्‍यसका सबै तारामण्‍डल, पृथ्‍वी र त्‍यसमा भएका सबै थोक, र समुद्रहरू र तिनमा भएका सबै थोकहरू बनाउनुभयो। तपाईंले नै तिनीहरू सबैलाई जीवन दिनुहुन्‍छ, र स्‍वर्गका सारा समुदायले तपाईंलाई पुज्‍दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं मात्र याहवेह हुनुहुन्छ। तपाईंले नै स्वर्गहरू, सर्वोच्‍च आकाशहरू र तिनीहरूमा भएका तारामण्डलहरू, पृथ्वी र त्यसमा भएका सबै थोकहरू, समुद्रहरू र त्यसमा भएका सबै कुराहरू बनाउनुभयो। तपाईंले हरेक कुरालाई जीवन दिनुहुन्छ र स्वर्गदूतहरूले तपाईंलाई दण्डवत् गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
तपाईं परमेश्वर हुनुहुन्छ, हे परमप्रभु तपाईंले मात्र सर्वोच्च स्वर्ग अनि त्यसमा तारा-मण्डल बनाउनु भयो। तपाईंले पृथ्वी अनि यसमा भएका हरेक बस्तुहरू सागरहरू अनि त्यसमा भएका हरेक बस्तुहरू बनाउनु भयो। तपाईंले ती सबैलाई जीवन प्रदान गर्नु भयो, अनि स्वर्गका तारा-मण्डलले तपाईंको आराधना गर्छन्।