Nehemiah 9:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले उनलाई आफूप्रति विश्‍वासयोग्‍य पाउनुभो, र उनीसँग तपाईंले एउटा प्रतिज्ञा गर्नुभो। उनका सन्‍तानले बास गर्न तपाईंले कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूले बास गरेका देश दिने करार गर्नुभो, तपाईं विश्‍वासयोग्‍य हुनुहुन्‍छ र आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी तपाईंप्रति विश्‍वासी भएका तपाईंले पाउनुभयो, र तिनका सन्‍तानलाई कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूको देश दिने करार तिनीसित बाँध्‍नुभयो। तपाईंले आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ, किनभने तपाईं धर्मी हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले तिनको हृदय तपाईंप्रति विश्‍वासयोग्य पाउनुभयो; तब तपाईंले तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्जी, यबूसी र गिर्गाशीहरूको देश दिनेछु भनी तिनीसित करार बाँध्नुभयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ; किनकि तपाईं धर्मी हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले जान्नु भयो कि उनी तपाईंका भक्त थिए यसर्थ तपाईंले ऊसित कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, यबूसीहरू र गिर्गाशीहरूको भूमि उसका सन्तानलाई दिन्छु भनि करार बाँध्नु भयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नु भयो किनभने तपाईं धर्मी हुनुहुन्छ।