Numbers 1:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[20-46] बीस वर्ष र त्योभन्दा धेरै उमेर भएका फौजी काम गर्न लायक पुरुषहरूको नाम तिनका परिवार-परिवार र गोत्र-गोत्रअनुसार लेखिए। त्यसको सुरु याकूबका जेठा छोरा रूबेनको कुलबाट भएको थियो। तिनीहरूका सङ्ख्या यस्ता थिए: [कुल] — [सङ्ख्या] रूबेन — ४६,५०० शिमियोन — ५९,३०० गाद — ४५,६५० यहूदा — ७४,६०० इस्साखार — ५४,४०० जबूलून — ५७,४०० एफ्राइम — ४०,५०० मनश्शे — ३२,२०० बेन्यामीन — ३५,४०० दान — ६२,७०० आशेर — ४१,५०० नप्ताली — ५३,४०० जम्मा — ६,०३,५५०।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका जेठा छोरा रूबेनका सन्तानबाट: बीस वर्ष र त्यसभन्दा उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलको जेठा छोरा रूबेनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूको नाम एक-एक गरी दर्ता गरियो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले यस्तो प्रकारले संख्या गन्ती गरे इस्राएलको प्रथम जाति रूबेन र तिनको परिवारको गणना गरे। बीस र बीस वर्ष भन्दा वेशी उमेरका व्यक्तिहरू जो सेनामा जान सक्थे तिनीहरूको नामको सूची बनाइयो। तिनीहरूको पिता-पुर्खाको कुल र परिवार अनुसार नाम दर्त्ता गरियो।