Numbers 1:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[5-16] यस कामको लागि इस्राएली समाजबाट छानिएका कुल-कुलका मुखियाहरू यी मानिसहरू हुन्: [कुल] — [मुखिया] रूबेन — शदेऊरको छोरो एलीसूर शिमियोन — सूरीशद्दैको छोरो शलूमीएल यहूदा — अम्‍मीनादाबको छोरो नहशोन इस्‍साखार — सूआरको छोरो नतनेल जबूलून — हेलोनको छोरो एलीआब एफ्राइम — अम्‍मीहूदको छोरो एलीशामा मनश्‍शे — पदासूरको छोरो गमलिएल बेन्‍यामीन — गिदेओनीको छोरो अबीदान दान — अम्‍मीशद्दैको छोरो अहीएजेर आशेर — ओक्रानको छोरो पगीएल गाद — दूएलको छोरो एल्‍यासाप नप्‍ताली — एनानको छोरो अहीरा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई सहयोग दिनेहरूका नाउँ यी नै हुन्‌: रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूलाई सहयोग गर्ने पुरुषहरूका नाम यिनै हुन्: “रूबेनको कुलबाट शदेऊरको छोरा एलिसूर;
Nepali ERV (पवित्र बाइबल)
रूबेनको कुलबाट शदेऊरका छोरा एलीसूर