Numbers 10:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जतिचोटि तिनीहरू अघि बढ्थे, तिनीहरू एउटै पङ्‌क्ति बाँधेर हिँड्थे। अघि-अघि यहूदाका कुलले बोकेका दलको झन्‍डामुनि रहनेहरू अम्‍मीनादाबका छोरा नहशोनको हुकुममा हुल-हुल गरी हिँड्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहिले यहूदाका शिविरका दलहरू आफ्‍नो झन्‍डा उठाएर अगि बढ़े। अम्‍मीनादाबका छोरा नहशोनले दलहरूको नेतृत्‍व गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाको दल आफ्नो छाउनीबाट आफ्नो झण्डा लिएर पहिले हिँडे। तिनीहरूका अगुवा अम्मीनादाबका छोरा नहशोन थिए।
Nepali ERV (पवित्र बाइबल)
यहूदाको दलको शिविरबाट आफ्नो झण्डा लिएर तीन समूह पहिले गए। अम्मीनादाबको छोरो नहशोनले दलको नेतृत्व गरेका थिए।