Numbers 11:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले आफ्ना कष्टबारे परमप्रभुसित गनगन गर्न लागे। तिनीहरूका कुरा सुनेर परमप्रभु रिसाउनुभयो र आगो लगाइदिनुभयो। आगो तिनीहरूका बीचमा सल्केर छाउनीको एक भाग भस्म पारिदियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यतिखेर परमप्रभुको कानमा पुग्ने गरी ती मानिसहरू आफ्ना कष्टहरूका विषयमा गनगनाउन लागे। जब परमप्रभुले यो सुन्नुभयो, तब उहाँको क्रोध दन्क्यो, र परमप्रभुको अग्नि सल्केर छाउनीको पल्लो भाग भस्म पारिदियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि याहवेहको कानमा पुग्ने गरी ती इस्राएली मानिसहरूले आफ्ना कष्टको विषयमा गनगनाउन थाले। जब उहाँले त्यो सुन्नुभयो, तब उहाँको क्रोध दन्क्यो। अनि तिनीहरूका बीचमा याहवेहबाट आगो दन्क्यो र छाउनीका केही बाहिरी भागहरूलाई भस्म पारिदियो।
Nepali ERV (पवित्र बाइबल)
जब मानिसहरूले परमप्रभु अघि एकदमै गनगनाउन थाले, परमप्रभु त्यो सुनेर उहाँ क्रोधित हुनु भयो र तिनीहरूको विरूद्धमा आगो पठाउनु भयो। अनि त्यस आगोले छाउनीको केही किनाराहरू पनि जलायो।