Numbers 11:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नुभयो, “जनताका अगुवा भनी मानिएका सत्तरी जना आदरयोग्य मानिसहरूलाई भेला गर् र तिनीहरूलाई म बास गर्ने पवित्र पालमा मकहाँ ल्याएर आफ्नो छेउमा उभिन लगा।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका धर्म-गुरुमा सत्तरी जना जम्मा गर्, जो मानिसहरूमा नायक र अधिकारीहरू छन् भन्ने तँलाई थाहा छ, अनि तिनीहरूलाई भेट हुने पालमा ले, र तिनीहरू त्यहाँ तेरो साथमा उभिऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेपछि याहवेहले मोशालाई भन्नुभयो: “तैँले इस्राएली मानिसहरूबाट अगुवाहरू र अधिकृतहरू भनी जानिएका सत्तरी जना प्रधानहरूलाई मकहाँ भेला गर्। तिनीहरू भेट हुने पालमा आऊन्, ताकि त्यहाँ तिनीहरू तँसँग खडा होऊन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्नुभयो, “सत्तरी जना बूढा-प्रधानहरूलाई जम्मा गर जसलाई तिमीले बूढा-प्राधानहरू अनि मानिसहरूको अगुवा जस्तै सम्मान गरेका छौ अनि तिनीहरूलाई म भए कहाँ भेट हुने पालमा ल्याऊ।