Numbers 11:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त्‍यहाँ आएर तँसित कुरा गर्नेछु र मैले तँलाई दिएको आत्‍माबाट कसैलाई निकालेर तिनीहरूलाई दिनेछु। तिनीहरूले तँलाई यी मानिसहरूको जिम्‍मा लिने काममा सहायता गर्न सक्‍नेछन् र तँ एक्‍लैले त्‍यो जिम्‍मा लिनुपर्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तल आएर त्‍यहाँ तँसँग कुरा गर्नेछु। तँमाथि भएका आत्‍माबाट केही लिएर तिनीहरूमाथि राखिदिनेछु। तिनीहरूले तँसँगसँगै ती मानिसहरूको भार बोक्‍नेछन्, र तैंले एकलै बोक्‍नु नपरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि म तल ओर्लिआउनेछु, र त्यहाँ तँसँग बोल्नेछु। म तँसँग भएको आत्माको शक्ति लिएर त्यो तिनीहरूमाथि हालिदिनेछु। तिनीहरूले तँसँग भएका मानिसहरूको भार बेहोर्नेछन्, र तँ एकलैले त्यसलाई बोक्नुपर्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
अनि म तल आएर त्यहाँ तिमीसंग कुरा गर्नेछु। अनि तिमीमा भएको केही शक्तिको आत्मा लिनेछु र यसलाई तिनीहरूमाथि हाली दिनेछु। अनि तिनीहरूले पनि तिमीहरूसित मानिसहरूलाई डोर्याउने भारहरू लिन सहायता गर्नेछ, ताकि तिमी एक्लै त्यो सबै सहनु पर्दैन।