Numbers 11:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मोशा बाहिर गए र परमप्रभुले भन्नुभएको कुरा मानिसहरूलाई सुनाए। तिनले सत्तरी जना अगुवाहरूलाई भेला गरेर पवित्र पालका चारैतिर उभ्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण मोशाले बाहिर गएर परमप्रभुले भन्नुभएको वचन मानिसहरूलाई सुनाइदिए। तिनले धर्म-गुरुहरूबाट सत्तरी जनालाई पालको वरिपरि उभ्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशा बाहिर गएर याहवेहले भन्नुभएको कुरा मानिसहरूलाई भने। मोशाले तिनीहरूका प्रधानहरूमध्ये सत्तरी जनालाई एकसाथ ल्याएर तिनीहरूलाई पालको वरिपरि उभ्याए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण मोशा बाहिर आए अनि परमप्रभुले तिनलाई भन्नु भएको कुरा मानिसहरूलाई भने। अनि इस्राएलका बूढा-प्रधानहरूबाट सत्तरी जना भेला पारेर तिनीहरूलाई पालको वरिपरि उभ्याए।