Numbers 11:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभु बादलमा त्यहाँ ओर्लनुभयो र तिनीसित बोल्नुभयो। उहाँले मोशालाई दिनुभएको आत्माबाट केही लिएर ती सत्तरी जना अगुवाहरूलाई दिनुभयो। अनि तिनीहरूमाथि आत्मा आउनुभएपछि तिनीहरू अगमवाणी गर्न थाले। तर त्यो धेरै बेरसम्म रहेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभु बादलमा तल आउनुभएर तिनीसित कुरा गर्नुभयो, र तिनले आफूसित भएका आत्माबाट केही लिएर ती सत्तरी जना धर्म-गुरुहरूमाथि राखे। अनि तिनीहरूमाथि आत्मा आएपछि तिनीहरूले अगमवाणी गरे। तर पछिपछि त तिनीहरूले त्यसो गरेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि याहवेह बादलमा ओर्लिआउनुभयो, र मोशासँग बोल्नुभयो। अनि उहाँले तिनमा भएका आत्माको शक्तिबाट केही लिएर सत्तरी जना प्रधानहरूलाई दिनुभयो। जब आत्मा तिनीहरूमाथि आएर बस्नुभयो, तब तिनीहरूले अगमवाणी गरे। तर त्यसपछि भने तिनीहरूले फेरि कहिल्यै त्यसो गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभु बादलमा तल आउनु भयो र मोशालाई भन्नुभयो। तब परमप्रभुले केही आत्मा जो मोशा माथि थियो लिएर ती इस्राएलीहरूको 70 जना बूढा प्रधानहरू माथि हालि दिनु भयो तिमीहरूले अगमवाणी बोल्न शुरू गरे। त्यही समय मात्र थियो कि यी मानिसहरूले यस्तो गरे, उनीहरू माथि पवित्र आत्मा आए पछि।