Numbers 11:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सत्तरी अगुवाहरूमध्ये दुई जना, एल्दाद र मेदाद छाउनीमा नै बसिरहेका थिए। तिनीहरू पवित्र पालमा गएका थिएनन्। त्यहीँ छाउनीमा तिनीहरूमाथि आत्मा उत्री आउनुभयो र तिनीहरू पनि अगमवाणी गर्न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यहाँ छाउनीमा एल्दाद र मेदाद नाउँ भएका दुई जना मानिस थिए। तिनीहरूको नाउँ पनि दर्ता भएको थियो, तर तिनीहरू पालमा भने गएका थिएनन्। तर आत्मा तिनीहरूमाथि पनि आए, र तिनीहरूले छाउनीमा नै अगमवाणी गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पनि एल्दाद र मेदाद नाम भएका दुई जना मानिसहरूचाहिँ छाउनीमै बसेका थिए। तिनीहरू दुवैका नाम प्रधानहरूका सूचीमा थिए। तिनीहरू बाहिर पालमा गएनन्। तर पनि तिनीहरूमाथि आत्मा बस्नुभएको थियो। अनि तिनीहरूले छाउनीमै अगमवाणी गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ छाउनी भित्र दुईजना व्यक्ति एलदाद र मेदाद थिए। तिनीहरूको नाम 70 जना बूढा प्रधानहरूको सूचीमा हालिएको थियो। तर तिनीहरू छाउनी बाहिर गएका थिएनन्। तापनि आत्मा तिनीहरूमाथि पनि आयो र तिनीहरूले अगमवाणी गरे।