Numbers 11:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी त्यो दिन, रात र भोलिपल्ट दिनभरि मानिसहरूले बट्टाई चराहरू समात्ने काम गरिरहे। कसैले पनि हजार किलोग्रामभन्दा कम बटुलेन। ती छाउनीका चारैपट्टि तिनीहरूले फिँजाएर सुकाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूले त्यस दिनभरि, रातभरि र भोलिपल्ट दिनभरि पनि ती समाते। थोरैभन्दा थोरै बटुल्नेले पनि पच्चीस मुरी बटुले। तिनीहरूले आफ्ना निम्ति छाउनीका चारैतिर ती फिँजाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिनभरि, रातभरि र भोलिपल्ट दिनभरि मानिसहरूले बाहिर गएर बट्टाई चराहरू बटुले। कसैले पनि दश ओमेर भन्दा कम्ती बटुलेनन्। त्यसपछि तिनीहरूले ती छाउनीको चारैतिर फिँजाए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले दिन अनि रात भरि बट्टाई चरा बटुले अनि सब भन्दा कम्ती बटुल्नेले पनि पुग नपुग दश होमर बटुल्यो। मानिसहरूले घाममा मासु सुकाउन छाउनी वरिपरि फिंजाए।