Numbers 11:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस ठाउँको नाम किब्रोथ-हत्तावा राखियो र जसको अर्थ हो ‘लालच गर्नेहरूको चिहान’ किनभने त्‍यहाँ तिनीहरूले मासुको लालच गर्ने मानिसहरूलाई गाडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण त्‍यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो, किनभने अरू खानाको लालच गर्ने मानिसहरूलाई त्‍यहीँ नै तिनीहरूले गाड़ेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण त्यस ठाउँको नाम किब्रोत-हत्तावा राखियो। किनकि त्यहाँ अन्य भोजनको निम्ति अति लालच गर्नेहरूलाई गाडिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण त्यस ठाँउको नाम किब्रोथ-हत्तावा राखियो किन भने तिनीहरू मासु खान धेरै लालची भएका थिए र हैंजाले तिनीहरू मरे।